सप्तरी । कंचनरुप नगरपालिकामा दुःखद् घटना घटेको छ ।

कंचनरुप नगरपालिका-१० मा सोही ठाउँका अन्दाजी २५ बर्षिय बैजु मुखिया यादवको करेन्ट लागेर मृत्यु भएको हो ।

स्थानिय युवा मुकेस मैरताले बताए अनुसार वडा-१० कै स्थानिय केसरी पासवानको (वडा कार्यालयको पूर्व पट्टी स्थित) बन्दै गरेको घरमा काम गर्दै गरेको अवस्थामा करेन्ट लागेर बैजु मुखियाको मृत्यु भएको हो ।

मृतक बैजु मुखियालाई पोष्टमार्टमका लागि राजबिराज स्थित सगरमाथा हस्पिटल लगिएको जनाइएको छ । घरपेटी पासवान हुक प्रयोग गरी बती बाल्दै आएको र करेन्ट लागेर मृत्यु भएपश्चात पासवान फरार भएको मैरताले बताएका छन् ।

बैजु मुखिया केहि समय अगाडी मात्रै घरजम (बिहे) गरेका थिए । बैजुको अकालमै मृत्यु हुँदा उनकी पत्नी, परिवारजन लगायत स्थानियहरु पुर्ण रुपमा शोकमा डुबेका छन् ।