सप्तरी । नेपाल खेलकुद महासंघ सप्तरीको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

कंचनरुप नगरपालिका रुपनगर स्थित फुलवारी पार्टी प्यालेसमा हिजो सोमबार दिपेश भुजेलको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो ।

सुनिलराज दासको नेतृत्वमा महासंघको सप्तरी जिल्ला कमिटी घोषणा भएको छ । यसैगरी सुजन भट्टराईलाई सचीवसहित ९९ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको छ।

राष्ट्रियसभा संसदीय दलको नेता तथा नेकपा एमालेको केन्द्रिय सदस्य सुमनराज प्याकुरेलको प्रमुख आतिथ्य र महासंघको केन्द्रिय अध्यक्ष रमेश पौडेलको बिशिस्ट आतिथ्यमा सप्पन्न भएको थियो ।

त्यसतै, नेकपा एमाले जिल्ला अध्यक्ष ताराकान्त चौधरी,कनचनरुप नगरपालिका प्रमुख बसन्त मिश्र,राष्ट्रिय प्रतिनिधि परिषद सदस्य जयप्रकाश ठाकुर ,जिल्ला कमिटी सदस्य अशोक यादव,भुमि सम्बन्धि समस्या समाधान आयोगको जिल्ला अध्यक्ष देवनारायण चौधरी,मानदेव हजरा,प्रभुनारायण शिवाकोटी , शम्भु पौडेल,अरबिन्द झा,राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सचिवालय सदस्य तथा जिल्ला कमिटी संयोजक चितरंजन यादव,दिपक कुमार झा,मनिष श्रेष्ठ लगायत अतिथिहहरुको उपस्थितिमा अधिवेशन सम्पन्न भएको थियो ।