सप्तरी । कोरोना भाइरस संक्रमणबाट देशमा थप २७ जनाको मृत्यु भएको छ ।

पछिल्लो चौबीस घण्टामा थप २७ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३५४ पुगेको छ ।

त्यस्तै, पछिल्लो चौबीस घण्टामा देशमा३ हजार २७४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसंगै कुल संक्रमितको संख्या ७ लाख ३७ हजार २२९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक लाख ४४ हजार ५२८ जनाले खोप लगाएका छन् । नेपालमा अहिले ३९ हजार ८७१ जना सक्रिय सङ्क्रमित छन् । जसमा ७९० जना सघन कक्षमा र १९१ जना भेन्टिलेटरमा रहेर उपचार गरारहेका छन् ।