मधेशटॉप, जनकपूरधाम
सरकारले ल्याएको नया अध्यादेश पछि जनता समाजवादी पार्टीमा भारी फेरवदल हुने संकेत देखापरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले पास गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशमा संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने उल्लेख छ ।

सरकारले नया अध्यादेश ल्याएपछि जनता समाजवादी पार्टीको उपेन्द्रपक्षमा गडवड घोटाला हुने स्रोतले दावी गरेको छ । महन्थपक्ष लाई साइड लगाएर उपेन्द्रपक्षलाई साथ दिएका राजकिशोर यादवले सोचे जस्तो वरियता नपाएपछि राजकिशोर यादवको नेतृत्वमा नया पार्टी गठन हुने भएको छ । स्रोतबाट प्राप्त खवर अनुसार राजकिशोर यादव अध्यक्ष र वरिष्ठ नेता रेणु यादव रहने गरि जसपाका सांसदहरु प्रदिप यादव,रेणु यादव,प्रमोेद साह,रुही नाज,अमृता अग्रहरी,नरमाया ढकाल,रामकुमार यादव लगायतले अर्को पार्टी गठन गर्न लागेका हुन ।

जसपा सरकारमा गएसंगै मन्त्री कसलाई बनाउने विषय विवाद वढदै जादा त्यसकै विरोध स्वरुप राजकिशोर यादवको नेतृत्वमा नया पार्टी गठन हुन लागेको वताइएको छ ।

यता दलको वैधानिकता उपेन्द्र यादव समूहले पाएपछि संकटमा परेको महन्थ ठाकुर पक्षले अब ३२ सदस्यीय संसदीय दलको २० प्रतिशत अर्थात् ७ जना सांसद जुटाएर नयाँ दल दर्ता गर्न सक्छन् । यो संख्या उनीहरुसँग छ ।