जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल बिदेह नगरपालिकाको विस्तारित बैठक भव्यता पूर्वक आज सम्पन्न भएको छ ।

जसपा बिदेह नगर अध्यक्ष जयनरायण साह को अध्यक्षतामा भएको विस्तारित बैठकमा कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद शैलेन्द्र प्रसाद यादव बिशिस्ट अतिथी प्रदेश सांसद माननीय रामअशिष यादव, अतिथि जसपा धनुषा जिल्ला अध्यक्ष पशुपति यादव, जिल्ला उपाध्यक्ष अम्भु प्रसाद साह, जसपा नेता, चनरदिप यादव, खदकान्त यादव, बेचन मण्डल, बिमस देब बिराजी, लालबहादुर ठाकुर, बब्लु कुसिमैत, देवेन्द्र प्रधान, उतिम लाल मण्डल, सत्रु यादव, सम्भु यादव लगाईत स्थानीयहरुको उपस्थित थियो।

उक्त विस्तारित बैठकमा नगरपालिकाका हरेक वडाबाट आएका नेता तथा कार्यकर्ताहरुले आ–आफुनो जिज्ञासाहरु विस्तृत रुपमा राखेका थिए।

कार्यक्रममा नगर कार्यसमितिका सम्पूर्ण पदाधिकारी, निर्वाचित पदाधिकारी, प्रत्येक वडाका पार्टी वडा अध्यक्ष सहित, पुरुष, यूवा, विद्यार्थी, किसान लगायतका भातृ संगठनहरुको उलेख्य सहभागिता रहेको थियो ।