जनकपुरधाम । धनुषाबाट तीनजना बिचौलिया (दलाल) पक्राउ परेका छन् ।

जिल्ला प्रशासन कार्यालय धनुषाबाट तीनजना बिचौलिया (दलाल)लाई प्रहरीले पक्रउ गरेको हो ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बस्ने ३६ वर्षीय गुड्डु पुर्वे, जनकपुरधाम वडा नम्बर १० बस्ने ५० वर्षीय विजयकुमार साह र जनकपुरधाम वडा नम्बर १ बस्ने ३५ वर्षीय विजय मण्डल रहेका छन् ।

उनीहरुले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित रहेको जिल्ला प्रशासन कार्यालय धनुषा पुग्ने सेवाग्राहीलाई छिटो र छरितो काम गराइदिने भन्दै रकम माग्दै गरेको अवस्थामा पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

उनीहरु माथि थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए ।