सिरहा । प्रतिबन्धित लागुऔषधसहित गोलबजार नगरपालिका–३ गागन पुलबाट दुई जना पक्राउ परेका छन् ।

प्रतिबन्धित लागुऔषधसहित सिरहा जिल्लाको गोलबजार नगरपालिका–३ गागन पुलबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिरहाको बरियारपट्टि गाउँपालिका–३ का २२ वर्षीय प्रमोदकुमार यादव र सुखीपुर नगरपालिका–१० का २८ वर्षीय धनजीत यादव रहेका छन् ।

इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले उनीहरुको साथबाट लागुऔषध नाइट्रोभेट ट्याबलेट ९०० पिस, अनटेष्ट पल्सर मोटरसाइकल एक थान, मोबाइल दुई थान र रु तीन हजार ३४६ समेत बरामद गरेको जनाएको छ ।