मधेशटप डेस्क,

जनकपुरधाम :  प्रदेश नम्बर २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले पदभार ग्रहण गरेका छन् ।

मंगलबार शपथ ग्रहणपछि बुधबार काठमाडौँबाट जनकपुरधाम आइपुगेका नवनियुक्त प्रदेश प्रमुख मिश्रले पदभार ग्रहण गर्ने क्रममा प्रदेशमा शान्ति र अमनचयनका लागि काम गर्नुपर्ने आवश्यकता रहेको भन्दै यसका लागि प्रदेश सरकारसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने बताए ।

उनले आफू नेपाली काँग्रेसबाट प्रदेश प्रमुखमा नियुक्त भए पनि अब कुनै पार्टीको व्यक्ति नभएको र प्रदेशवासीको लागि काम गर्ने बताए । उनले भने– अब म समग्र देशको मान्छे हुँ, कुनै पार्टीको मान्छे होइन । अब समग्र देशवासी र जनताको लागि काम गर्नेछु ।