जनकपुरधाम । मंगलबार सामाजिक सञ्जालमा एक तस्वीर भाइरल भयो । उक्त तस्वीरले नेपालको राजनीतिक वृत्तमा खैलाबैला नै म’च्चियो। तस्वीर लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली र वाइसीएल कार्यकर्ता एकराज बस्नेतको थियो। उक्त तस्वीर बस्नतेकै फेसबुक स्टोरीबाट सार्वजनिक भएको हो ।

तस्वीर भने बस्नेतले सेल्फी लिए जस्तो देखिन्छ । तस्वीरमा विमलाको सिउँदोमा सिन्दुरले रं’गिएको देखिन्थ्यो । फोटो सार्वजनिक भएको भोलिपल्ट सांसद वलीले उक्त फोटोबारे आ’पत्ति जनाउदै सामाजिक सञ्जालमा आफूवि’रुद्द र’चिएको ष’डय’न्त्र भएको बताएकी छिन्।

फेसबुकमा एक स्टाटस लेख्दै सांसद वलीले भनेकी छिन्,’ मेरो च’रि’त्रमाथि दा’ग लाग्ने गरी सा’इ’ब’र स्या’लहरुबाट जुन दु’ष्प्रयास भयो, यसको क’डा भन्दा क’डा कारवाहीको माग गर्दछु।’ उनले अघि लेखेकी छिन्, मेरो फोटोलाई फो’टोसपबाट मिलाएर पोष्ट गरिएको छ, यसबारे म आफै अनविज्ञ रहेको छु।’

उक्त फोटोबारे थप स्पष्टीकरण दिँदै सांसद वली लेख्छिन्, आफुले माओवादी केन्द्र रो’जेपछि नेकपा एमालेका केही सदस्यहरुले आफूमाथि पटक पटक आ’क्र’म’ण गरेको र मुख्यमन्त्री तथा एमाले नेता (शंकर पोखरेल)को निवासमा ब’न्ध’क गरिएको समेत उल्लेख गरेकी छिन।

विमला एमाले सांसद स्व’र्गीय उत्तरकुमार ओलीकी पत्नी हुन्। उत्तरको दु’र्घटनामा नि’धन भएपछि विमलालाई सोही नि’र्वाचन क्षेत्र दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) मा त’त्कालीन नेकपाले उम्मेदवार बनाएको थियो।