काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले सामाजिक सञ्जालमा भाइरल भएको तस्बिर आफ्नो नभएको बताएकी छन् ।

बुधबार एक बिज्ञप्ति आफ्नो सामाजिक सञ्जालमा जारी गर्दै सांसद वलीले सामाजिक सञ्जालमा भाइरल भएको तस्बिर आफ्नो नभएको बताएकी हुन् ।

उनले भनिन् ‘त्यो तस्बिर देखेपछि एकछिन् त बेहोस् नै हुन्छु जस्तो भयो । अहिले पनि तनावमा छु ।’ आफूले माओवादी पार्टी रोजेपछि आफूलाई एमालेमै रहन पटक–पटक दवाव दिईएको भएपनि आफू प्रतिबद्ध भएर माओवादी केन्द्रमै रहेपछि यसरी चरित्र हत्या गर्न खोजिएको उनको आरोप छ ।

राजनीतिक प्रतिशोध साँधेर फसाउन खोज्ने झुण्डले यस्तो गतिबिधि गरेकोे बताएकी छिन् । ‘हिजो एका–एक सामाजिक सञ्जालमा मेरो फोटोलाई फोटोसपबाट मिलाएर जुन किसिमले चरित्र हत्या गर्ने दुस्प्रयास गरियो यसको म कडाभन्दा कडा निन्दा गर्न चहान्छु ।’ उनले भनेकी छन्

‘एकाएक मेरो फोटो जोडेर आउँदा म आफै आश्चर्य चकित भएकी छु । म यो घटनामा सम्बन्धित छैन र जानकार पनि छैन । मेरो चरित्रमाथि दाग लाग्ने गरि ‘साईवर स्याल’हरुबाट जुन दुस्प्रयास भयो, यसको कडाभन्दा कडा कारवाहीको माग गर्दछु ।’ उनले थपेकी छन् ।