रौतहट । स्रोत नखुलेको भारतीय रुपैयाँ सहित २ जना पक्राउ परेका छन् ।

ईशनाथ नगरपालिका १ बन्जरा टोल बकैया बाधबाट स्रोत नखुलेको १ लाख ८३ हजार ५०० भारतीय रुपैयाँ सहित २ जना पक्राउ परेका हुन् ।

प्रहरीले दिएको जानकारी अनुसार पक्रउ पर्नेमा गौर नगरपालिका-४ टिकुलिया बस्ने ३० वर्षीय सुखाडी सहनी लगायत २ जना रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको बा.३९ प १६९१ नम्बरको मोटरसाइकललाई सिमा प्रहरी चौकी बन्जराहाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।