काठमाडौ । आफ्नो जिम्मेवारी प्रति पूर्ण रुपमा निष्ठावान भई कार्य गर्ने निर्देशन दिनुहुदै प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले शान्ति सुरक्षा व्यवस्थापनलाई अझ सुदृढीकरण गर्दै सबै प्रहरी कर्मचारीहरुले आ-आफ्नो दायित्व पुरा गर्न केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक असोक सिंहले महानगरीय प्रहरी वृत्त कालिमाटी र वृत्त कीर्तिपुरको निरिक्षण निर्देशनको क्रमा प्रहरीकार्यालयमा कार्यरत प्रहरी अधिकारी तथा जवानहरूको निरीक्षण गर्नुका साथै हालको अवस्थालाई मध्यनजर गरी के-कसरी कार्य गर्ने,ड्युटीमा खटिएका प्रहरी कर्मचारीले चुस्त-दुरुस्त रुपमा खटिनुका साथै आफ्नो जिम्मेवारी प्रति पूर्ण रुपमा निष्ठावान भई कार्य गर्ने निर्देशन दिनुहुदै प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले शान्ति सुरक्षा व्यवस्थापनलाई अझ सुदृढीकरण गर्दै सबै प्रहरी कर्मचारीहरुले आ-आफ्नो दायित्व पुरा गर्न केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

समाजमा शान्ति सुरक्षा कायम गर्दै नागरिकलाई सुरक्षाको अनुभूति गराउनका लागि प्रहरी अझ बढी संवेदनशील एवम् सक्रिय रुपमा प्रस्तुत हुनुपर्ने उल्लेख गर्दै आफ्नो मातहतका कर्मचारीहरुको मनोबल उच्च बनाई उत्कृष्ट व्यवहार, क्रियाकलाप, व्यवसायिक दक्षता तथा सिपका साथ कार्य सम्पादन गर्नतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो ।

प्रहरीले सकारात्मक सोच एवम् उत्कृष्ट व्यवहार र आचरणका साथ नागरिक केन्द्रित सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

हुण्डी कारोबारी, कालो बजारी, चोरी निकासी लगायत अन्य अपराधिक गतिविधि नियन्त्रण गरी संलग्न व्यक्तिहरुलाई कानूनी दायरामा ल्याउनका लागि प्रहरी थप सक्रिय हुनुपर्ने उहाँले बताउनुभयो ।