मधेशटप,

जनकपुरधाम : धनुषाको शहिद नगरपालिकाका प्रमुख उदय कुमार बरबरिया यादवले यस नगरपालिकाका सबै विद्यालयलाई कक्षा संचालन गर्न गराउन विज्ञप्ति मर्फत अनुरोध गरेको हुन ।

कोभिड – १९ का कारण प्रत्यक्ष रुपमा शिक्षण सिकाई क्रियाकलाप विद्यालयमा संचालन हुन न सकिरहेको अवस्थामा शिक्षण सिकाईको अवस्थालाई दृष्टिगत गरी हाल यस नगरपालिका भित्र कोभिड – १९ को जोखिम न्यून रहेकोले ७ गते सोमबार देखि स्वास्थ्य सावधानि अपनाउँदै प्रत्यक्ष रुपमा उपस्थित भई सूरक्षा सम्बन्धि देहायका मापदण्डहरु पालना गरी कक्षा संचालन गर्न गराउन हुन सवै विद्यालयलाई अनुरोध छ ।

कक्षाकोठाको संख्या र फर्निचरको अवस्था अनुसार सामाजिक दुरी पालना हुने गरी मात्र विद्यार्थी बोलाउने छ।
मास्कको अनिवार्य प्रयोग गर्ने र प्रत्येक भवनको आगाडि हात धुने व्यवस्था गर्ने नजिकको स्वास्थ्य संस्थासंग समन्वय गरी रुघाखोकी लागेका शिक्षक,कर्मचारी तथा विद्यार्थीको तापक्रम नाप्न लगाउने सरसफाईमा विषेश ध्यान दिनेछ ।

अभिभावक ज्यूहरु सँग निरन्तर समन्वय सहकार्य गरी आवश्यक व्यवस्थापन गर्न गराउने छ ।

विद्यालयको साधन श्रोत जनशक्तिलाई मध्यनजर गरी वि.व्य.स.ले सुरुक्षा मापदण्ड पालना हुने गरी शिक्षण सिकाईका लागि आवश्यक व्यवस्था गर्ने वडा कार्यलयले आवश्यक सहयोग गर्नेछ ।