सप्तरी । देशमा थप २ हजार ७५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप २ हजार ७५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयको अनुसार ७७०३ पीसीआर परीक्षणमा १४२४ र ५३७२ एन्टिजेन परीक्षणमा ६५१ जना गरी २०७५ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै कुल संक्रमितको संख्या ८ लाख २५ हजार ७२२ पुगेको छ ।

छिल्लो २४ घण्टामा दुई हजार ७५ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या छ लाख ९५ हजार ९१२ पुगेको छ ।अहिलेसम्म ९३.३ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।