विराटनगर : सुनसरी ईटहरी उपमहानगरपालिका २० पानीपियाको जंगलम स्थित कोशी राजमार्गमा धरानबाट ईटहरी जादै गरेको प्रदेश १ -०२-००१ ख ८४४५ को सेप्टिट्याङकी जडित गाडीले बिपरति दिशाबाट आईरहेको मोटरसाईकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् ।

 

मृत्यु हुनेमा मोटरसाईकल पछाडी सवार रहेका मोरङ बिराटनगर १४ भट्टिमोड का १८ बर्षीय सफल राजबंशीको उपचारको क्रममा दिउसो १ बजे घोपा धरानमा मृत्यु भएको थियो भने चालक भट्टिमोडकै २२ बर्षीय अभिनाष राजबंशी सोही अस्पतालमानै उपचार भईरहेको छ ।

आज दिउसो पौने १ बजे भएको सो दुर्घटनाको जानकारी पाउन साथ प्रहरी चौकी तरहराबाट प्रहरी टोली खटि गई घाईतेहरुलाई उपचारको लागी पठाएको थियो । दुर्घटना हुँदा मोटरसाईकलमा आगोलागी जलेको हुँदा नम्बर भने तत्काल खुल्न सकेको छैन ।

गाडी र गाडी चालक सुनसरी ईटहरी ४ का २८ बर्षीय फुलमान राई प्रहरीको नियन्त्रणमा रहेको छ ।