जनकपुरधाम : महोत्तरी जिल्लालप जिल्ला   प्रहरी  कर्मचारीहरुलाई एकरुपता तथा लगनशिलताका साथ व्यवसायीक कार्य सम्पादन गर्न उत्प्रेरणा जगाउन तथा उच्च मनोवल कायम राखी प्रभावकारी सेवा प्रवाह गराउने उद्देश्यलेे कल्याणकारी कार्य योजना बमोजिम यस जिल्लामा कार्यरत रहेका सम्पुर्ण प्रहरी र कर्मचारीहरुलाई ट्रयाकसुट वितरण गरिएको छ ।

आज  मिति २०७८।०५।०७ गते यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दिनेश कुमार अचार्य ज्युबाट ट्रयाकसुट वितरण गर्नु भएको र उक्त कार्यक्रममा जिल्ला भित्र कार्यरत प्रहरी नायव उपरीक्षकज्यु लगायत सि.प्र.अ. हरु एवं जु.प्र.अ., प्र.ह. प्र.ज. र प्र.का.स. हरुको उपस्थिति रहेको थियो  ।