सप्तरी । कोरोना भाइरस संक्रमणबाट देशमा थप ३५ जनाको मृत्यु भएको छ ।

पछिल्लो चौबीस घण्टामा थप ३५ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ५६८ पुगेको छ ।

त्यस्तै, पछिल्लो चौबीस घण्टामा देशमा २ हजार ५२५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसंगै कुल संक्रमितको संख्या ७ लाख ५१ हजार १ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार २५० जना रहेका छन् । जसमध्ये ३५ हजार १४५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार १०५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६२० जना आईसीयू र १७० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

पछिल्लो २४ घण्टामा २,०८६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । योसँगै ७ लाख २ हजार १८३ जना संक्रमणमुक्त भएका छन् ।