भाद्र ८ काठमाडौं । ओलम्पियन खेलाडी गौरिका सिंहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मङ्गलबार गौरिकाले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी छन् ।

 

गौरिकाले संक्रमण भएको व्यक्तिको सम्पर्कमा आएपछि परीक्षण गर्दा आफ्नो नतिजा पनि पोजेटिभ आएको जानकारी दिइन् । दुवै डोजको खोप लगाएपनि र बेलायत सरकारको स्वास्थ्य मापदण्ड पालना गरेको भएपनि कोभिड संक्रमण भएको जनाएकी छन् ।

 

उनी आगामी १० दिनका लागि क्वारेन्टाइनमा बस्ने बताएकी छन् । उनी यसै महिना जापानमा सम्पन्न टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गरेर बेलायत पुगेकी हुन् ।