सिरहा । सिरहाबाट लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिरहाबाट मंगलबार दिउँसो दुईकिलो ८ सय ग्राम गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिरहा जिल्लको धनगढीमाई नगरपालिका वडा नम्बर १३ असारे बस्ने ५० वर्षीय गोपाल तामाङ छन् ।

ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टी र अस्थायी प्रहरी पोष्ट पक्कीटोल सिरहाबाट खटिएको प्रहरी टोलीले तामाङको घरमा खानतलासी गर्दा दुईकिलो ८ सय ग्राम अवैध गाँजा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।