धनुषा । धनुषामा टिपर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

मंगलबार राति धनुषाको विदेहनगरपालिका ६ तीनकौरिया चोकमा टिपर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा विदेह नगरपालिका ७ की ५५ वर्षीया रामप्यारी देवी मण्डल रहेको तनकौरिया प्रहरीचौकीले जनाएको छ ।

ना २ क ८३७ नम्बरको टिपरले किचिएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीचौकीले जनाएको छ । प्रहरीका अनुसार मृतक महिलाको मानसिक अवस्था ठीक थिएन ।

उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र टिपरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।