सप्तरी । देशमा थप २ हजार ४८२ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप २ हजार ४८२ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयको अनुसार ९,७११ पीसीआर परीक्षणमा १,८६२, र ५,५७९ एन्टिजेन परीक्षणमा ६२० जना गरी २४८२ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै कुल संक्रमितको संख्या ७ लाख ५३ हजार ४८३ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १,७८१ जना संक्रमणमुक्त भएका छन् । योसँगै ७ लाख ३ हजार ९६४ जना संक्रमणमुक्त भएका छन् ।