सप्तरी । कोरोना भाइरस संक्रमणबाट देशमा थप ४४ जनाको मृत्यु भएको छ ।

पछिल्लो चौबीस घण्टामा थप ४४ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ६२२ पुगेको छ ।

त्यस्तै, पछिल्लो चौबीस घण्टामा देशमा २ हजार ४८२ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसंगै कुल संक्रमितको संख्या ७ लाख ५३ हजार ४८३ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १,७८१ जना संक्रमणमुक्त भएका छन् । योसँगै ७ लाख ३ हजार ९६४ जना संक्रमणमुक्त भएका छन् ।