जनकपुरधाम : नेकपा एमालेका प्रभावशाली नेता तथा पुर्व शहरी विकास मन्त्री प्रभु साहले वर्तमान राजनितिक प्रणालीले देशमा शान्ति शुव्यवस्था सम्भव नरहेको भन्दै समाजवादी व्यवस्था आवयश्क रहेको साहले  बताएका छन् ।

प्रदेश न. २ को अस्थायी  राजधानी जनकपुरधाम पुर्व मन्त्री प्रभु  साहकै आयोजनामा देश ब्यापी स्थापना गरिएको आइटी आर्मीको धनुषा भेलालाई सम्बोधन गर्दै पुर्व मन्त्री साहले वर्तमान राजनितिको  व्यवस्थाले  देशमा परिवर्तणको बास्तिवक शान्ति सुरक्षा, शुसासन र विकास सम्भव नरहेकाले समाजवाद व्यवस्थामा जानु पर्ने समेत साहले बताए ।

देशमा विध्य्वामान  व्यतिथी, दुराचार, अपराध सवैको कारण अहिलेको राजनितिक प्रणाली रहेको उनको धारणा थियो । सञ्चार र प्रविधिको विकास संगै युवाहरुको त्यसमा सदुपयोग गर्न सक्नु पनि अहिलेको मुख्य चुनौती रहेको उनको धारणा थियो ।

आइटी आर्मीका राष्ट्रिय संयोजक चन्द्रभुषण साहले देशको आमुल परिवर्तणको सम्वाहक युवालाई भन्ने तर नेतृत्वबाट बञ्चित गर्ने परम्पराले समस्या भएको बताए ।

उनले देशमा भएको परिवर्तणको सम्वाहक भन्ने मात्र होइन युवालाई परिवर्तणको व्यवस्थापक र नेतृत्वकर्ता बनाउनु पर्ने बताए । भेलाबाट आइटी आर्मीको १ सय ७ सदस्सीय धनुषा समिति घोषणा गरिएको छ ।

सबैला नगरपालिकाका युवा प्रेम साहको नेतृत्वमा आइटी आर्मीको एक सय सात सदस्य  समिति गठन भएको बताइएको छ । कार्यक्रममा एमालेका नेता लाल गोइत, युवा संघका उपाध्यक्ष संजिव  सुरज झा ,जानी खान सहितको सहभागिता रहेको थियो  ।