काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने घोषणा गरेका उपसभापति बिमलेन्द्र निधीले काठमाडौंमा सचिवालयसहित सम्पर्क कार्यालय खोल्ने भएका छन् ।

निधीले शुक्रबार मध्यान्ह पत्रकार सम्मेलन गरेर सचिवालयसहित सम्पर्क कार्यालय सुरु गर्ने बुझिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले पुनः सभापतिमा उम्मेदवार बन्ने घोषणा गरेपछि उनको गुटबाट अलग्गिएर निधिले तयारी अघि बढाएका हुन् ।

निधीले खोल्न लागेको सचिवालयसहितको सम्पर्क कार्यालय उद्घाटन समारोहमा सहभागी हुन धनुषासहितका जिल्लाबाट समेत नेता कार्यकर्ता काठमाडौं जादैछन् । जनकपुरबाट यूवाहरु समेत काठमाडौं जान लागेको तरुण दलका शैलेन्द्र चोरबारले जानकारी दिए ।

केहि दिनअगाडी महोत्तरीको जलेश्वर आएका निधीले कुनै पनि हालतमा सभापतिमा उम्मेदवारी दिनबाट ब्याक नहुने बताएका थिए । काँग्रेसलाई अगामी निर्वाचनमा जिताउन सभापति बन्ने उनको भनाई छ ।