जनकपुरधाम । जसपा नेपालका रास्ट्रिय  अध्यक्ष उपेन्द्र यादव सहभागी जनता समाजवादी पार्टी (जसपा)को अभिमुखीकरण कार्यक्रम स्थलमै मधेस आन्दोलनका सहिद परिवार र घाइतेहले प्रदर्शन गरेका छन् ।

जनकपुरस्थित उद्योग वाणिज्य संघको भवनमा जसपाले अभिमुखीकरण कार्यक्रम थियो । कार्यक्रममा पार्टी अध्यक्ष यादव, उपाध्यक्ष रेणु यादव, मुख्यमन्त्री लालबाबु राउत र नेताहरु सहभागी थिए । सो कार्यक्रममा अध्यक्ष यादव आएको थाहा पाएपछि सहिद परिवार र घाइतेहरुले त्यहाँ पुगेर प्रदर्शन गरेका हुन् ।

सहिद परिवारका एक महिलाले भनिन्, ‘श्रीमान गुमायौं नै । अब हामीलाई पनि मारिदिनुस् । हाम्रै कारण तपाईहरु कुर्सी पाउनुभयो । तर अहिले हामी सडक छाप भएका छौं ।’

मन्त्री यादवले हात जोडेर कार्यक्रम सकेपछि बसेर छलफल गर्ने भनेपछि उनीहरुले लिखित सम्झौता गर्नुपर्ने अडान राखे । साथै अध्यक्ष यादवलाई भेटेर आफ्नो पीडा सुनाउने इच्छा जाहेर गरेका उनीहरुलाई बिन्ती गरेर पूर्वमन्त्री यादवले छहारीमा बस्न लगाएका थिए ।

कार्यालय सहयोगी पदमा दिएको करार जागिरको अवधि सकिए पनि म्याद नथपेको, कतिपय सहिद परिवारलाई नियुक्तिपत्र दिएर पनि ठगेको, सहिद प्रतिष्ठान गुपचुप रुपमा गठन गरेको भन्दै सहिद परिवार तथा घाइते आक्रोशित भएका हुन् । उनीहरुले बिहीवार मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका थिए ।

मुख्यमन्त्री लालबाबु राउतले आफूहरुको माग सम्बोधन गर्न आनाकानी गरिरहेकाले बाध्य भएर अध्यक्ष उपेन्द्र यादव सहभागी कार्यक्रमस्थलमा प्रदर्शन गर्न आएको सर्लाही मलंगवाका मधेस आन्दोलनका सहिद दिनेश राय यादवका भाइ रामनरेश राय यादवले बताए । उनले भने, ‘उपेन्द्र यादवको विरोध गर्न आएको छैन । हाम्रो माग पूरा नभएको कुरा उहाँलाई ध्यानाकर्षण मात्र गराउन आएका छौं ।’

भिडियो :

जनकपुरकै सहिद कारि ठाकुरका छोरा उपेन्द्र ठाकुरले पनि मन्त्री यादवमाथि आक्रोस पोखे । उनले २०७६ जेठ ३० गते नै कार्यालय सहभागी पदमा पाएको नियुक्तिपत्र देखाउँदै भने, ‘मुख्यमन्त्री कार्यालयले नियुक्तिपत्र त दिनुभयो ।