मधेशटप, भदौ १२ गते ।

जनकपुरधाम :  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक कार्यकालपछि अध्यक्ष पदमा नबस्ने घोषणा गरेका छन् ।

आज ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले तत्काल अरु कुनै पार्टीसँग एकता नहुने पनि स्पष्ट पारे ।
नेपालले देशव्यापी रुपमा सङ्गठन विस्तार गरेर पार्टीलाई थप बलियो बनाउने बताउँदै लोकतान्त्रिक शक्तिसँगको सहकार्यलाई पनि निरन्तरता दिने बताउनुभयो ।

अध्यक्ष नेपालले पार्टीको लडाइ विचार र सिद्धान्तको भन्दै आफूलाई छाडेर एमालेमै बसेका दोस्रो तहका नेतालाई पनि आउनसमेत पुनः आग्रह गरे ।