सिरहा । निरन्तर अवीरल वर्षा कारण आएको बाढीले सिरहाको विभिन्न स्थानका दुई दर्जनभन्दा बढी घर डुबानमा परेको छ ।

सिरहाको गोलबजार नगरपालिका–१२ बेतौनामा पोखरीको बाँध भत्केर गाउँमा पनि पस्दा एक दर्जनभन्दा बढी घरहरू डुबानमा परेको हो। स्थानीय सरकारले पोखरीको बाँध बाँध्न रकम छुट्याए पनि राम्रोसँग काम नगर्दा फुटेर गाउँमा पानी पसेको स्थानीयवासीको आरोप छ।

त्यसैगरी धनगढीमाई नगरपालिका–६ मा बाढीको कारण एउटा घर भत्किएको प्रमुख जिल्ला अधिकारी प्रदीप कँडेलले जानकारी दिए। वर्षाको पानी बजार पसेकाले मिर्चैयाका दर्जनौँ पसल जलमग्न भएको छ। पूर्वापश्चिम राजमार्गदेखि उत्तरतर्फ पानीको उचित निकास नभएकाले बजारमा पस्ने गरेकोे छ ।