सप्तरी । देशमा थप १ हजार ३८८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप १ हजार ३८८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयको अनुसार ७२५९ पीसीआर परीक्षणमा १२१४ जना र ३०३८ एन्टिजेन परीक्षणमा १७४ जना गरी १३८८ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै कुल संक्रमितको संख्या ७ लाख ५९ हजार २ सय २२ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २ सय ६० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख १२ हजार ७ सय १२ जना संक्रमणमुक्त भएका छन् ।