जनकपुरधाम ।  धनुषाको शहिदनगर नगरपालिकामा मनोज मंडलको अध्यक्षता मा ५१ सदस्यीय वाईसियल नगर कमिटि गठन।
धनुषाको शहिदनगर नगरपालिकास्थित नेकपा माओवादी केन्द्रको भातृ युवा सँगठन वाईसिएल (योङ्ग कम्युनिस्ट लीग) को नगर कमिटि गठन गरिएको छ ।

शनिबार शहिदनगर नगरपालिका वडा नम्बर ३ स्थित बसेको बैठकबाट ५१ सदस्यीय कमिटि गठन गरिएको हो । युवा नेता मनोज कुमार मण्डलको अध्यक्षतामा ५१ सदस्यीय कमिटि गठन गरिएको बताइएको छ ।

मण्डलको अध्यक्षता तथा शहिदनगर नगरपालिकाका नगर प्रमुख एवम् नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य उदय कुमार बरबरिया (यादव) को प्रमुख आतिथ्यमा बसेको बैठकबाट नगरस्तरीय वाईसिएल कमिटि गठन गरिएको हो ।

शहिदनगर नगरपालिकाको विभिन्न वडाबाट युवाहरुलाई एक जुट गरी सो कमिटि गठन गरिएको हो । सोही क्रममा तीन दर्जन बढी युवाहरु नेकपा माओवादी केन्द्रमा प्रवेश समेत गरेका थिए ।

प्रदेश कमिटि सदस्य बरबरियाले उनीहरुलाई अबिर लगाएर पार्टी प्रवेश गराएका थिए । नव प्रवेशीहरुलाई स्वागत गर्दै मेयर बरबरियाले पार्टीप्रति लगनशिल भएर लाग्न आग्रह समेत गरे ।

सयौ जनाको सहभागीतामा सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका शहिदनगर नगर पार्टी अध्यक्ष तनुकलाल यादव विशिष्ट अतिथिको रुपमा सहभागी भएका थिए । कार्यक्रममा राम किशोर पासवान , वैधनाथ मण्डल, हेमशन्कर भण्डारी, राम कुमार यादव, राजदेव साह लगायतको अतिथिहरु समेत सहभागी भएका थिए ।