पर्सा । स्रोत नखुलेको नगद सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जगरनाथपुर गाउँपालिका २ बाट स्रोत नखुलेको नगद सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारत बिहार पश्चिम चम्पारण ईनर्वा बजार बस्ने ४५ वर्षीय बृजकिशोर गिरी र पर्सा धोबिनी गाउँपालिका २ गुलरिया टोल बस्ने ५० वर्षीय रामपुकार पटेल रहेका छन् । उनीहरुको साथबाट १० लाख ६३ हजार ६२० नेपाली रुपैयाँ र १ हजार ६ सय भारतीय रुपैयाँ बरामद भएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको नम्बर प्लेट नभएको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलको सिट मुनि लुकाई ल्याएको उक्त स्रोत नखुलेको रुपैयाँ सहित फेला पारि मोटरसाइकल चालक गिरी र मोटरसाइकल सवार पटेललाई पक्राउ गरेको जनाएको छ ।