जनकपुरधाम : प्रदेश २ का अर्थ मन्त्रालयबाट नवनियुक्त कृषि मन्त्री बिजय कुमार यादवलाई भव्य बिदाई गरिएको छ । मन्त्रालयका कर्मचारीहरुले एक समारोहबी मन्त्री यादवलाई स्वागत गरेका हुन् ।

कर्मचारीहरुले मन्त्री यादवलाई जानकी मन्दिर अंकित मायाको चिनो समेत प्रदान गरेका छन् । मन्त्री यादवले अर्थ मन्त्रालयमा रही काम गर्ने अवसर दिनुहुने पार्टीका नेतागण तथा मन्त्रालयमा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीमा ह्दयदेखि धन्यबाद दिएका छन् ।

आगामी दिनमा पनि साथ सहयोग मिल्ने छ भनि आशा व्यक्त गर्दै मन्त्री यादवले भनेका छन्, ‘आजबाट म यस अर्थ मन्त्रिको जिम्मेवारीबाट विदा लिई अर्को नयाँ जिम्मेवारी वहन गर्ने छु ।’