जनकपुरधाम । एमाले छाड्ने क्रमा जारी रहँदा प्रदेश नम्बर २ का १३ जना सांसद्हरूले पनि नेकपा (एकीकृत समाजवादी) रोज्ने भएका छन् ।

भोलि बैठक बसेर सम्भव भए भोलि नै नत्र पर्सि पार्टी सनाखतका लागि प्रदेशस्थित निर्वाचन आयोग जान लागेको एक सांसदले बताए ।उनका अनुसार हाल सांसदहरु काठमाडौंबाट जनकपुर फर्किरहेका छन् ।

सबै जम्मा नभई निर्वाचन कार्यालय जाने अवस्था नभएको र जम्मा भइसकेपछि जोन उनले बताए।निर्वाचन आयोगले भदौ २२ गतेसम्म दल रोज्न प्रदेश सभा सदस्य र स्थानीय तहका सदस्यहरुलाई सूचना जारी गरेसँगै दल रोज्ने क्रम जारी रहेको छ।नेकपा (एस) ले भदौ ९ गते निर्वाचन आयोगबाट मान्यता पाएको थियो ।

त्यससँगै विभाजित नेकपा एमालेबाट माधवकुमार नेपाल समूहमा आउने सांसद तथा नेताहरुको क्रम जारी रहेको छ ।
0