जनकपुरधाम । राम मनोहर यादवको बलिदानी दिवसको अवसर पारेर जनमत पार्टीले जनकपुरधामको भानु चोकमा केन्द्रीय सचिवालय स्थापना गरेको छ ।

सचिवालयको कार्यालय मंगलवार एक कार्यक्रमबीच पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतले उद्घाटन गरे ।

उनले सचिवालयमा पार्टीको झण्डा फहराए र बृक्षारोपन समेत गरेका छन् । बाँकेका यादवको ०७५ भदौं १५ गते प्रहरी हिरासतमा निधन भएको थियो । यादवलाई जनमत पार्टीले शहिद भन्दै आएपनि सरकारले घोषणा गरेको छैन ।

प्रहरीले हिर ासतमा मारेको दावी जनमत पार्टीको छ ।

उनको निधन भएको दिन भदौं १५ मा जनमत पार्टी बलिदानी दिवस मनाउँछ । मंगलवार सचिवालयमा यादव सहितका मधेस आन्दोलनका शहीदहरुप्रति अध्यक्ष डा. राउतले श्रद्धाञ्जली अर्पण गरे । अगामी निर्वाचनलाई लक्षित गरेर जनमत पार्टीले केन्द्रीय सचिवालय जनकपुरमा खोलेको बताइएको छ । सचिवालयको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष डा. राउतले सहिदको सपना साकार पार्न संघर्ष जारी राखेको बताए ।