जनकपुरधाम । जनकपुरमा एक बालकको मलद्धारमै कैँची घोचेर घाईते बनाइएको छ ।

जनकपुर  उप – महानगरपालिका वडा नम्बर १ सीताचोक बस्ने स्थानीय चन्देश्वर मेहतर (मेस्तर) का ११ बर्षिय छोरा किसन मेस्तरलाई मलद्धारमै कैँची घोचेपछि गम्भिर घाईते भएका छ्न ।

गत सोमबार करिब १२ बजेको समयमा सीताचोकस्थित केही बदमासहरुले उनको मलद्धारमै कैँची घोचेर घाईते बनाएको थियो । कैँची घोचेपछि रोईकराई गर्दा पनि कसैले उनलाई अस्पतालसम्म पुरयाइ दिएन।

अधिक रक्तश्राव भएको बालकलाई एक व्यक्तिले देखेपछि मोटरसाईकलमा राखेर जनकपुरको प्रादेशिक अस्पताल पुरयाएको थियो । अस्पतालको इमरजेन्सी वार्डसम्म लगेसम्म उनको रगत अधिक बगिसकेको थियो ।

तर, उनलाई समयमै अस्पताल पुरयाएपछि उनलाई औषधी उपचार गरिएको थियो । उनको मलद्धारमा ७ वटा टाँका (स्टिच) लगाएको अस्पताल श्रोतले जनाएको छ । बालकको तर्फबाट उनको कोही पनि नआएकोले अस्पताल लिएर आएको व्यक्तिले उपचार खर्च बेहोरेका थिए ।

बालकलाई सोही ठाउँ बस्ने केही बदमासहरुले नशामा उनलाई कैँची घोपेको बयान दिएका छन् । यद्यपी, उनले उनीहरुको नाम भने भनेनन् । जानकारी अनुसार, सो ठाउँमा रहेको साईकल मर्मत पसलमा उनलाई कैँची घोचेको थियो ।