सप्तरी । सप्तरीमा करेन्ट लागेर ९ वर्षीय बालकको मृत्यु भएको छ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका १० मा आज करेन्ट लागेर ९ वर्षीय बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका १० रंजितपुर बस्ने पवन यादका ९ वर्षीय छोरा अर्जुन यादव रहेको प्रहरीले जनाएको छ ।

गोठमा लत्रेको विद्युतीय नांगो तारमा करेन्ट लाग्दा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर सिकिस्त भएका बकालकलाई उपचारका लागि कल्याणपुरतर्फ लग्ने क्रममा बाटोमै मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

मृतकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको प्रहरीले जनाएको छ