सप्तरी । देशमा थप २ हजार ५२ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप २ हजार ५२ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयको अनुसार १०,६१२ पीसीआर परीक्षणमा १,६४८ र ४,३२३ एन्टिजेन परीक्षणमा ४०४ जना गरी २,०५२ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै कुल संक्रमितको संख्या ७ लाख ६३ हजार १७६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार ३० जना कोरोनामुक्त भएका छन् । नेपालमा निको हुने दर ९३।९ प्रतिशत रहेको छ ।