रौतहट : रौतहटमा दलित सामुदायकी एक १५ बर्षीय किशोरी माथि सामुहिक बलात्कार, घटनामा संलग्न एक जाना पक्राउ भएको छ ।

इलाका प्रहरी कर्यलाय गरुडा का अनुसार रौतहट जिल्लाको माधवनारायण नगरपालिका वडा नम्वर ५ मिठुअवा घर भएकी एक दलित बालिका माथि उनकै गाउँको तिन जना युवाहरुको समुहले मंगलवार अपरान्ह सामुहिक बलात्कार गरेका हुन्न् ।

प्रहरीले घटना मा संलग्न एक युवकलाइ नियंत्रण मा लिएको छ भने अरु दुई जाना आरोपी फरार रहेको ले उनिहरुको खोज तलासि भैरहेको इ.प्र.का गरुडाका डिएसपी श्रीराम भण्डारीले जानकारी दिएका छन् ।

डिएसपी भण्डारी का अनुसार किशोरी घरबाट दाउरा टिप्न नजिकैको आपको वगैचामा गएको वेला तिनै जना युवाहरुले मुख थुनेर जबरजस्ती करणी गरेकाे आरोप पीडित किशोरीले लगाएकि छिन ।

मंगलवार सामूहिक बलात्कार गरेको खबर आएपछि डिएसपी श्रीराम भण्डारी आफै घटनास्थलमा पुगेर पिडिता किशोरी माथि घटेको घटनाको अनुसन्धान गर्दै उक्त कार्यमा संलग्न रहेका एक जना युवकलाई गए राति १२.१० बजेको समयमा नियन्त्रणमा लिन सफल भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

पक्राउ परका १८ बर्षिय युवक किसुनी सहनीलाई जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थप गरेर जबरजस्ती करणी मुद्दा अन्तर्गत कारवाही प्रक्रिया अगाडी बढाइएको जानकारी दिदै डिएसपी भण्डारीले पिडित किशोरीलाई बुधवार स्वास्थ्य परिक्षण गराइसकेको तथा फरार रहेका अन्य दुईजना युवकको खोजी कार्य तिव्ररुपमा भइरहेको जानकारी उनले दिए ।