सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–७, का वडा अध्यक्ष श्याम सुन्दर यादवविरुद्ध जवरजस्ती करणी उद्योगमा जाहेरी परेको छन ।
ब्रह्मपुरी गाउँपालिका–७, का वडाध्यक्ष श्याम सुन्दर यादवले संचारकर्मीसंग  कुराकानी गर्दै विपक्षीहरुले महिलालाई उचालेर आफूमाथि राजनीतिक प्रतिसोध साध्ने प्रयास भएको उनले बताए ।

वडाध्यक्ष श्याम सुन्दर यादवले महिलामाथि बलात्कारको प्रयास नगरेको उहाको भनाइ छ । वडा अध्यक्ष यादबले गाउँपालिका अध्यक्ष विनोद कुमार साहको अगुवाईमा आफूलाई फसाउन खोजिएको उनको आरोप छ ।

ब्रह्मपुरी गाउँपालिका–७, स्थानिय जसबिन्द्र यादबले बलात्कारको प्रयास कतै नभएको उनले जिकिर गरेका छन । स्थानिय जसबिन्द्र यादबको भनाई अनुसार ती महिलाको अर्को केटासंग अबैध सम्बंध रहेको उनले यस्तो जानकारि दिनुभयो । स्थानिय जसबिन्द्र यादबले विपक्षीहरुले महिलालाई उचालेर वडा अध्यक्ष यादब माथि राजनीतिक प्रतिसोध साध्ने प्रयास भएको उहाले बताए ।

स्थानिय निराजन यादबले यस घटनामा विपक्षीहरुले चलखेल गरि रहेको उनले बताए । उहाको भनाई अनुसार भदौ ५ गते मध्यराती महिलाको घरबाट एक पुरुष बाहिर निस्किएको देखेर स्थानीयले ती पुरुषलाई नियन्त्रणमा लिएपछि आफू पनि त्यहाँ पुगेर महिला र पुरुषलाई सामाजिक मूल्य मान्यता विपरीत गतिविधि नगर्न सम्झाइबुझाई गरेको तर अहिले आएर उल्टै वडाअध्यक्ष माथि नै बलात्कार प्रयास गरेको भन्दै जाहेरी दिएपछि अचम्मित भएको बताए ।

स्थानिय सतेन्द्र महतो ती महिलालाई वडा अध्यक्ष यादबले शरिरमा कतै पनि नभिडेको तर, जवरजस्ती महिलाले आरोप लगाई रहेको छ ।

स्थानिय महिला पारो देविले ती महलिाले मिडिको अगाडी आउन पनि नचाहेको र यसले प्रस्ट हुन्छ कि महिला गलत छ । महिलाको श्रीमान जय लाल यादब अहिले वैदेशिक रोजगारीमा रहेको उनले बताए ।
स्थानिय सुनिता देविले मध्यराती महिलाको घरबाट एक पुरुष बाहिर निस्किएका देखेर पुरुषलाई नियन्त्रणमा लिएपछि यो घटना उतश्रगमा पुगेको उनले बताए । ती महिलाको घरमा बराबर बाहिर बाहिर मानिसहरु आउने गरेको अबैध सम्बंध पनि रहेको उनले यस्तो जानकारि दिनुभयो ।

स्थानिय मंतोरिया देविले ती महिलाले आफै कपडा फाडेको र जवरजस्ती वडा अध्यक्षलाई फसाई रहेको उनले जिकिर गरेका छन ।
अर्को महिला जमिला खातुन वडाध्यक्ष श्याम सुन्दर यादब एकदमै रामो्र मानिस रहेको र कहिले पनि यस्तो काम नगरेको बताए ।

महिलाबाट जाहेरी आएपछि घटनाबारे अनुसन्धान अघि बढाइएको सर्लाहीका प्रहरी प्रमुख (एसपी) सन्तोष सिंह राठौरले बताए ।
एसपी राठौरले महिलाको विषय अतिसंवेदनशील हुने भएकाले जाहेरी लिएर कारवाही अघि बढाइएको र गाउँका अगुवाहरुलाई यस घटनालाई राजनीतिक विषय नबनाई प्रहरीलाई अनुसन्धान गर्ने वातावरण बनाईदिन आग्रह गरिएको जनाए ।
वडाअध्यक्ष यादवको घर आफ्नो घरको छेउमै रहेकोले यसअघि पनि उनले पटकपटक आफूमाथि दुव्र्यवहार गर्ने गरेको पीडित महिलाले गुनासो गरिन ।
वडाअध्यक्ष घरमा कोही नभएको मौका छोपेर घरभित्र प्रवेश गरि सुतिरहेको अवस्थामा सम्बेदनशिल अंगहरुमा हातपात गरि करणीको प्रयास गरेको पीडित महिलाले बताइन् ।