दिवेश कु.महतो,

जनकपुरधाम : कत्तारको बल्दिया कम्पनीमा कार्यरत सिरहा जिल्लाको कल्याणपुर नगरपालिका बेल्हा निवासी जितन मुखियाद्वारा एक जना अति बिपन्न परिवारलाई उपचार गराउनका लागि रु-१५०००/-अक्षरेपी (पन्ध्र हजार मात्र)आर्थिक सहयोग गरिएको छ।

बुधबारको दिन धनुषा जिल्लाको मिथिला नगरपालिका वार्ड नं-२ नकटाझिजका ७५ वर्षको बृद्ध बिरामी मंगल महतोलाई जितन मुखिया द्वारा उपचार गराउनका लागि रु-१५०००/- आर्थिक सहयोग गरिएको छ।

केही दिन अगाडि हेल्प मधेसी साउदी द्वारा आर्थिक सहयोग गर्न जादा उहाँको अवस्था हेरि थप आर्थिक सहयोगको आवश्यकता रहेको कुराको ज्ञात भए लगत्तै हेल्प मधेसीका केन्द्रिय अध्यक्ष राम उदगार यादवको पहलमा पुन दोस्रो पटक सहयोग हस्तान्तरण भएको हो।अध्यक्ष यादवले भने:-“आगामी दिनहरुमा पनि साथ र सहयोग गर्ने नै छु र यस समस्याका लागि हामीले कुशवाहा समाजमा पनि कुरा राखेका छौं र अरु संघ-संस्था लगायत कसैले व्यतिगत पनि सहयोग गर्न चाहनुहुन्छ भने गर्न सकिन्छ भनेर अनुरोध गरेको थिए।मेरो अनुरोधलाई स्वीकार गरेर मेरो अति प्रिय साथी जितन मुखिया ज्युले कत्तारबाट व्यतिगत रु -१५०००/- म कहाँ पठाइ दिनुभएको थियो।

आज म र हेल्प मधेशी मोहत्तरीका संयोजक सबिता यादव जि पिडित काका मङ्ल महतो ज्युको घरमै पुगि नगद रु १५०००/- मंगल महतो काकालाइ हस्तान्तरण गरेकी छिन्।यस पुनितकार्यमा सहयोग गर्नुभएका हाम्रा सम्पुर्ण सेवक साथीहरुलाई धेरै धेरै धन्यवाद दिएका थिए।