रौतहट । रौतहटमा १५ वर्षीया किशोरीमाथि सामूहिक बालात्कार भएको छ ।

रौतहटको माधवनारायण नगरपालिकाकी एक किशोरीमाथि मंगलबार सामूहिक बालात्कार भएको हो ।

बालात्कार गरेको आरोपमा सोही नगरपालिका वडा नम्बर ३ बस्ने किशन सहनीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एव प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए ।

उनका अनुसार घाँस काट्न गएकी ती किशोरीलाई सहनीसहित तीनजनाले डर त्रास देखाई जबरजस्ती करणी गरेका थिए । जबरजस्ती करणी गरेको भनि किशोरीले पहिचान गरेको आधारमा सहनीलाई पक्राउ गरिएको भण्डारीले बताए ।

घटनामा संलग्न रहेका अन्य दुई जनाको पहिचान भईसकेको तथा उनीहरुको खोजी कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।