सप्तरी । देशमा थप २ हजार ४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप २ हजार ४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयको अनुसार १० हजार ६५८ पीसीआर परीक्षणमा १६१९ जना र ३ हजार ९९२ एन्टिजेन परीक्षणमा ३८५ जना गरी २००४ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै कुल संक्रमितको संख्या ७ लाख ६५ हजार १८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा १८४६ जना कोरोनामुक्त भएका छन् । निको हुने दर ९४.२ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।