सप्तरी । कोरोना भाइरस संक्रमणबाट देशमा थप १६ जनाको मृत्यु भएको छ ।

पछिल्लो चौबीस घण्टामा थप १६ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ७८६ पुगेको छ ।

त्यस्तै, पछिल्लो चौबीस घण्टामा देशमा २ हजार ४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ६५ हजार १८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा १८४६ जना कोरोनामुक्त भएका छन् । निको हुने दर ९४.२ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।