मौलिक लोक तथा दोहोरी गीत संगीतका प्यासी हरुको लागि सर्जक तथा लोकदोहोरी गीत संगीत क्षेत्रको संरक्षण र प्रबर्द्धनका लागि जुटिरहेका लोकप्रिय गायक वसन्त शाहीले अर्को नया डान्सिङ काठे लोक दोहोरी गित” लेकै गुराँस बेसिमा टुनि” बोलको गित बजार मा ल्याएका छ्न ।

सार्बजनिक हुनु अघिनै टीकटकमा समेत दर्शक श्रोताको रोजाइमा परेको उक्त गितसङ्ग निकै आशाबादी रहेको गायक शाहिले बताएका छन। उनले यस अगि पनि थुप्रै मौलिक गीतहरु आफ्ना श्रोता तथा दर्शकहरु माझ पस्कि सकेका छन् ।

उक्त गितमा उनै गायक वसन्त शाहि, कमल लामा र प्रिया सेन्चुरीको स्वरमा रहेको छ गीतमा गायक शाही र चर्चित काठे दोहिरी गायक सन्तोष परियारको शब्द तथा गायक बसन्त शाहिको सङ्गीत संयोजन रहेको छ। यो गित MF रेकर्डिङ स्टुडियोमा प्रेमदिप रामजालिले रेकर्ड गरेका हुन।

सार्बजनिक गितमा मोडल श्रीजना किराँती , अनिता शाही, आयुष खाती,सरोज गदाइली लगायत कलाकार हरुको अभिनय लाई देख्न सकिन्छ भने सरोज शाहीको छायांकन रहेको भिडियोमा अमोन रानाको कोरियोग्राफी रहेको छ भने चर्चित निर्देशक मिलन श्रेष्ठले निर्देशन गरेका छन।

भिडियो लाई रोशन धितालले सम्पादन गरेका छन भने भिडियो Milan Films Production Youtube च्यानलमा हेर्न सकिन्छ।

भिडियो हेर्नुस