जनकपुरधाम :  महोत्तरीमा आगलागीबाट करिब १ लाख बराबरको क्षति भएको छ । महोत्तरीको बर्दिबास नगरपालिका वडा न.१२ बस्ने सम्सुल राईनको पसलमा आगलागी भएको छ ।

बिहिबार बिहान ८ :३० बजेको समयमा घरमा अचानक करेन्टको तार सर्ट भई आगलागि हुँदा पसलमा भएको फ्रिज,चाउचाउ,बिस्कुट समेत गरि करिब एक लाख बराबरको सामान जलि नष्ट भएको प्रहरीले जनाएको छ ।

त्यस्तै आगलागीबाट कुनै पनि मानबिय तथा चौपायाको क्षति नभएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।