चञ्चल झा,

रौतहट । जागिर लगाइदिने भन्दै रकम ठगि गर्ने रौतहटका एक जनालाइ रौतहट प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको गौर नगरपालिका वडा नं ७ बस्ने सुधिर कुमार झा समेतको जाहेरीले यमूनामाई गाउँपालिका वडा नं १ बस्ने बर्ष ४२ को विनय राउत कुर्मीलाइ रौतहट प्रहरीले पक्राउ जिल्ला प्रहरी कार्यालय रौतहटका नि.प्रमुख प्रहरी नायब उपरीक्षक नारायण प्रसाद चिमरयिाले बताएका छन् ।

गत बैसाख २० गते गौर नगरपालिका वडा नं ८ स्थित बाँसघारीमा झा लाइ बोलाइ मेरो प्रहरीमा राम्रो सम्पर्क छ, भगौडा प्रहरीको खाली ठाउँमा जागरी लगाइदिने र त्यहा नभए बिदेशमा राम्रो काममा पठाउने भन्दै ५ जना मानिसहरुबाट सात लाख पचपन्न हजार ठगी गरी कुर्मी फरार रहेका थिए ।

पिडितको उजुरी पछि खोजतलास गर्दा भदौ १६ गते यमूनामाई गाउँपालिका वडा नं १ सुकदेव चौकबाट पक्राउ गरी ठगी सम्वन्धि कसुर अन्तर्गत अदालत बाट ५ दिनको म्याद लिएर अनुशन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।