हेटौँडा । वागमती प्रदेशसभा सदस्य मीना नेपाल ज्ञवालीले नेकपा एमाले छोडेर एकीकृत समाजवादी रोजेकी छन् ।

नेकपा एमालेबाट निर्वाचित समानुपातिक सांसद ज्ञवालीले शुक्रबार हेटौंडास्थित निर्वाचन आयोग पुगेर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेकी हुन् ।

यससँगै बागमती प्रदेशसभामा समाजवादीका सांसदहरुको संख्या १३ पुगेको छ ।