मधेशटप, भदौ १९ गते ।

जनकपुरधाम : नेपाल युवा समाज सेवा ग्रुप   प्रदेश नं–२ ले जनकपुरधाम स्थित कबिर बाल आश्रममा राहत समाग्री प्रदान गरेको छ । कोरोना महामारीको दोस्रो लहरमा सबै नेपाली नागरिकहरुको दैनिकी जनजिवन प्रभावित भईरहेको अवस्थामा अभिभावक विहिन स–साना बालबालिकाको पालनपोषण गरिरहेको आश्रममा नेपाल युवा समाज सेवा ग्रुपले  सहयोग गरेका छ ।

सो संस्था प्रति उत्तरदायित्व वहन गर्दैनेपाल युवा समाज सेवा ग्रुप प्रदेश नं–२ धनुषाद्वारा प्रदेश –२ का  अध्यक्ष प्रमोद यादवको  अगुवाईमा जनकपुरधाम–८ स्थित कबीर बाल आश्रमका बाल बालिकाहरुका लागि राहत स्वरूप यस प्रकार,

चामल :  २५ किलो

दाल :५ किलो

आलू : १० किलो,

कापी : १५ पिस,

पेन्सिल : १५ पिस,

मसाला : १/२ धनिया, खुर्सानी,

लुगा(कपडा) : १४ थान,

बिस्कुट तथा साबुन र मास्क,सेनीटाइजर  केहि दिनका लागि पुग्ने गरी सहयोग गरिएको छ ।

आश्रममा थप सहयोग गर्ने समेत नेपाल युवा समाज सेवा ग्रुप जनाएको छ ।

सोअवसरमा जाकपुरधाम उप – महानगरपालिका १६ निवासी मनोज भगतको अध्यक्षतामा सामग्रीहरु बितरण गरियो ।

सहयोग बढी गर्नेमा बीरेन्द्र ठाकुर(पप्पु)

उमेश झा, रिना झा, सन्जना मिश्र, रोशनी ठाकुर, श्याम राउत र राजेश यादवको  बिशेष  उपस्थितिका साथै नेपाल युवा समाज सेवा ग्रुपका  पदाधिकारीहरुको समेत उपस्थितीरहेको   थियो ।