जनकपुरधाम । गृहमन्त्री वाकृष्ण खाणले कमला नदीको बाढीले गरको क्षतिको निरीक्षण गरेका छन् ।

धनुषा, उदयपुर, सुनसरी तथा सिन्धुपनल चौक जिल्लामा विभिन्न नदीहरुले गरेको क्षति र त्यसबाट पारेको प्रभावको विषयमा उच्च स्तरीय समिति सहित स्थलगत रुपमा निरीक्षण गरेका हुन् ।

हेलिकप्टरबाट धनुषा आएका गृहमन्त्री खाणसहितको टोलिले धनुषा र सिरहाको सीमा भएर बग्ने कमला नदीको समेत निरीक्षण गरेको हो । उनले यसपटक सुरुमै बाढी आएर निक्कै क्षति गरेको बताउँदै यसको समाधान गर्नका लागि कस्तो योजना बनाउन सकिन्छ भन्ने उद्देश्यले नै उच्च स्तरीय स्थलगत अनुगमन समितिले निरीक्षण गर्न आएको बताए ।

उनले निरीक्षणको क्रममा वास्तविक अवस्था तथा जनताको राय सहित सुझाव संकलन गरेको जानकारी दिए । कमला नदीमा हालै आएको बाढीले तटबन्ध कटान गरेपछि सो क्षेत्रमा जोखिम बढेको छ । गृहमन्त्री खाणले कमला नदीको संवेदनशीलतालाई दृष्टिगत गरेर नै सरकारको कमला नदी नियन्त्रण आयोजनाको कार्यालय खडा गरेको बताए ।

धनुषा तथा सिरहा जिल्लालाई जोगाउन आयोजनालाई थप सबल बनाएर कमला नदीको दीर्घकालीन एवं प्रभावकारी नियन्त्रण हुने उनको भनाइ छ । उच्च स्तरीय अनुगमन समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल, पूर्व मन्त्री मोहन बहादुर वस्नेत, गृहमन्त्रालयका सचिव टेक नारायण पाण्डे, राष्ट्रिय विपत व्यवस्थापन प्राधिकरणका सिओ अनिल पोखरेल सहितका विभिन्न निकायका अधिकारीहरु सहभागिता रहेको थियो ।