धनुषा। जनकपुर देखि जयनगर सम्म रेल सञ्चालनका लागि नियुक्त गरिएका १ सय ५१ कर्मचारीलाई नेपाल रेल्वे कम्पनी लिमिटेडले हटाएको छ ।

रेल सञ्चालनमा आउने निश्चित नभएपनि रेल्वे कम्पनीका तत्कालीन प्रबन्ध सञ्चालक गुरु भट्टराईले ज्यालादारीमा सयौं कर्मचारी नियुक्त गरेका थिए । आफू पदबाट हट्ने भएपछि उनले हतार हतार नियुक्त गरेका कर्मचारीलाई नवनियुक्त प्रबन्ध सञ्चालक निरञ्जन कुमार झाले हटाएका छन् । प्रबन्ध सञ्चालक झाले ज्यालादारीका १ सय ५१ कर्मचारीलाई हटाएको बुझिएको छ ।

उनले ज्यालादारीमा काममा खटाउने भनिएका व्यक्तिहरुले आफुखुशी हाजिर नगर्न सूचना नै जारी गरेका छन् ।