सप्तरी । नेकपा एमालेका प्रदेश २ इन्चार्ज सत्यनारायण मण्डलले जननेता मदन
भण्डारीका असली उत्तराधिकारी केपी शर्मा ओली भएको बताएका छन् ।

गृहजिल्ला सप्तरीमा आइतबार आयोजित एमाले जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै । मण्डलले पार्टी अध्यक्ष ओलीको प्रशंसा गर्दै उनी नै मदन भण्डारीको असली उत्तराधिकारी
भएको जिकिर गरे ।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पहिलो पटक भारतसँगको सीमा सम्बन्धी कुरा उठाएको

उनले बताए । ‘संसदबाट चुच्चे नक्सा सर्वसम्मतिले पारित गराउने उहाँ नै हो, मण्डलले भने, यसअघि कुन माइकालाल प्रधानमन्त्रीले यस्तो कुरा उठाएका थिए ?

एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी गठन गरेका माधवकुमार नेपाललाई
मण्डलले अपराधी र गद्दारको संज्ञा दिए ।